Lumbini Province Nepal     mahurihome@gmail.com

गाँउपालिका अध्यक्षद्वारा मानव अधिकारकर्मी तथा पत्रकारलाइ ज्यान मार्ने धम्की

गाँउपालिका अध्यक्षद्वारा मानव अधिकारकर्मी तथा पत्रकारलाइ ज्यान मार्ने धम्की

प्रेस बिज्ञप्ती
मितिः २०७५ असार २५
मधेश मानव अधिकार गृह रुपन्देहीका मानव अधिकारकर्मी तथा पत्रकार रामबिकास चौधरीलाई समाचारको विषयलाई लिएर रुपन्देही जिल्ला सम्मरीमाई गाउँपालिकाका अध्यक्ष जितेन्द्रनाथ शुक्लाले दुव्र्यवहार गर्दै धम्क्याएको घटना प्रति मधेश मानव अधिकार गृहको गम्भिर ध्यानाकर्षण भएको छ ।
समाचारको लागि जेठ २८ गते गाउँपालिकाको कार्यालयमा ईन्धन आपूर्ति सम्बन्धि माग गरेको बिभिन्न सूचनाहरु लिन असार २१ गते कार्यालय पुगेका चौधरीलाई कार्यलयमा समयमा मद्यपान गरी बसेका अध्यक्ष शुक्लाले समाचार र सूचना मागको विषयलाई लिएर दुव्र्यवहार गर्दै गाउँपालिकाको कार्यालयबाट बाहिर निकाली ज्यान मार्ने धम्क्याएको पीडित चौधरीले बताएका छन् ।
चौधरीले ‘संबिधान बिपरित अध्यक्षको संयोजकत्वमा न्यायीक समिति गठन’ तथा ‘सरकारी सवारी साधनको निजी नम्बर प्लेट राखेर दुरुपयोग’ शिर्षकमा सो गाउपालिका सम्बधि समाचारहरु लेखेको थिए । प्रकाशित समाचारको विषयमा चित्त नबुझे त्यस उपर अपनाउनु पर्ने कानुनी उपचारलाई छाडेर सार्वजनिक पदमा बसेका व्यक्तिबाट भएको यस्तो गैर जिम्मेवार कार्य प्रेस स्वतन्त्रताको ठाडो उल्लंघन हो ।
नागरिकले सूचना माग्ने र पाउने अधिकारको ठाडो उल्लघन तथा प्रेस स्वतन्त्रता विरोधी यस्ता कार्यको मधेश मानव अधिकार गृह कडा भत्र्सना गर्दै घटनाको छानबिन गरी दोषीमाथि कारवाही गर्न एंव नागरिकको संवैधानिक अधिकारको सम्मान गर्न गराउन सम्पुर्ण सरोकारवालाहरु समक्ष माग गर्दछ ।

अध्यक्ष
रविन्द्रनाथ ठाकुर
Press_release_on_rambiksh_choudhary