Lumbini Province Nepal     mahurihome@gmail.com

EU/EOM को प्रतिवेदन सार्बजनिक भए पछी जारी तनावबारे ध्यानाकर्षण

EU/EOM को प्रतिवेदन सार्बजनिक भए पछी जारी तनावबारे ध्यानाकर्षण

युरोपियन युनियन, निर्वाचन पर्यवेक्षण मिसन  (EU/EOM) को तर्फबाट मिति २०७४ चैत्र ६ गते प्रतिनिधीसभा तथा प्रदेश सभा निर्वाचनको पर्यवेक्षण प्रतिवेदन निर्वाचन आयोगमा बुझाएको पश्चात जारी तनाव प्रति मधेश मानव अधिकार गृहको गम्भिर ध्यानाकषर्ण भएको छ । निर्वाचन आयोगले प्रतिवेदन निर्वाचन पर्यवेक्षण आचारसंहीता विवरित रहेको, भाम्रक र तथ्यहीन भएको पुष्टि गर्दै अस्वीकार गरिसकेको छ । ईयुले प्रतिवेदनको जिम्मेवारी लेखकहरुलाई दिदै प्रतिवेदनमा उल्लेखित धारणाहरुमा इयुको धारणा नभएको बताईएको छ । नेपाल सरकार र निर्वाचन आयोगले प्रतिवेदन माथि गरेको टिप्पणाहरु प्रति (EU/EOM) ले बिज्ञप्ती जारी गरी अस्वीकार गर्नुले दुई पक्षबीच तनावको स्थती सृजना भएको छ ।

दुई पक्ष बिचको जुहारीले नेपाल भित्रै ईयुलाई जनजाती र मधेशीले समर्थन गर्ने खस आर्य समुदायहरुले बिरोध गर्ने गरेका छन् भने दलहरुमा पनि बिभाजन देखिएको छ ।
उक्त प्रतिवेदनमा सिफारिस गरिएका केही बुँदाहरु नेपालको संविधान धारा १८ मा उल्लेखित समानताको हक तथा धारा ४२ को सामाजिक न्यायको हक विपरित भएको माहुरी होमको ठहर छ । पर्यवेक्षण मिसनका तर्फबाट प्रर्यवेक्षकहरुले तयार पारेर ईयुले पेस गरेको प्रतिवेदनलाई नेपाल सरकार र निर्वाचन आयोगले सुझावको रुपमा ग्रहण गर्न मधेश मानव अधिकार सम्बन्धित पक्षहरुलाई अनुरोध गर्दछ ।
सशस्त्र संघर्ष, जन आन्दोलन र मधेश आन्दोलनको मर्म अनुसार आज देश संघीय लोकतन्त्रीक गणतन्त्रमा प्रबेश गरी सकेको अवस्थामा सम्पुर्ण पक्षहरुलाई समयंमित भई अगाडी बढ्न मधेश मानव अधिकार गृह अपिल गर्दछ ।

         अध्यक्ष
रविन्द्रनाथ ठाकुर

मधेश मानव अधिकार गृह

२०७४ चैत्र १८ गते