Lumbini Province Nepal     mahurihome@gmail.com

राम मनोहर यादवकाे मृत्यु घटनाको निष्पक्ष छानविन गर

राम मनोहर यादवकाे मृत्यु घटनाको निष्पक्ष छानविन गर

प्रेस विज्ञप्ती

बर्दिया जिल्ला प्रहरीको हिरासतमा रहेका बाँके गनापुर कपासी (जानकी गाउँपालिका–६) बस्ने स्वतन्त्र मधेश गठबन्धन बाँके जिल्लाका नेता राम मनोहर यादवको हिरासतमा मृत्यु भएको घटना प्रति मधेश मानव अधिकार गृहको गम्भिर ध्यानाकषर्ण भएको छ । ब्लड प्रेसरका बिरामी रहेका यादवलाई प्रहरीले हिरासतमा औषधी उपलब्ध नगराए पछी अस्वस्थ बनेका उनलाई औषधी उपचारको लागि काठमाडौं लैजाँदै गर्दा शुक्रबार राती करीब २ बजे बाटोमै मृत्यु भएको छ।

यादवसहित हरपाल सिंह, इरफान शेख र राजितराम वर्मालाई नेपाल प्रहरीले भाद्र ७ गते बिहीबार जिल्ला समन्वय समिति बर्दियाको सभाकक्षमा उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवको उपस्थितिमा भएको एउटा कार्यक्रमबाट पक्राउ गरी राज्यविप्लवको मुद्दामा म्याद थप गरिको थियो । कुनै पनि थुनुवाको जीवनरक्षाको कानूनी र मानवीय दायित्व राज्यमा रहेको हुन्छ । थुनामा अशक्त भए पछी उनको समुचित उपचार नगराउनु र ढिला सुस्ती गर्नु नै उनको ज्यान जानुको मुख्य कारण हो ।

 तसर्थ : राम मनोहर यादवको मृत्युुको घटनाको यथासिर्घ छानविन गरि दोषीलाई कानुनी दायरामा ल्याई कानुनी कारवाही गर्न मधेश मानव अधिकार गृह अपिल गर्दछ ।

   अध्यक्ष
रविन्द्रनाथ ठाकुर
१६ भाद्र २०७५