Lumbini Province Nepal     mahurihome@gmail.com

प्रेस बिज्ञप्ती

प्रेस बिज्ञप्ती

पेस बिज्ञप्ती

१३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याको घटनाको विरोध तथा घटनाको निश्पक्ष छानविन गर्न माग गर्दै कञ्चनपुरको महेन्द्रनगरमा प्रदर्शनमा उत्रेका प्रदर्शनकारीमाथि प्रहरीले अत्यधिक बल प्रयोग गर्दा १३ बर्षिय बालकको ज्यान गएको प्रति मधेश मानव अधिकार गृहको गम्भिर ध्यानाकर्षण भएको छ ।
बालिकाको गत साउन ११ गते बलात्कारपछि हत्या भएको सार्वजनिक भएको थियो । हत्यापछि बालिकाको शव भीमदत्त नगरपालिकाको एक उखुबारीमा निर्वस्त्र अवस्थामा भेटिएको थियो । तर प्रहरीले घटनामा संलग्न अपराधिलाई कारवाही गर्न उदासिनता देखाएको भन्दै सदरमुकाम महेन्द्रनगरमा प्रदर्शन गरिरहेका प्रदर्शनकारीमाथि शुक्रबार प्रहरीले गोली चलाउदा १३ बर्षिय बालक शनी खुनाको ज्यान जानुका साथै ५ जना घाईते भएका छन् । यसै गरि बिहिबार प्रहरीले चलाएको गोली लागि १७ वर्षीय अर्जुन भण्डारी गम्भिर घाइते हुनुका साथै अन्य ५ जनालाई गोलीको छर्रा लागि घाइते भएका थिए ।
यसरी भएको घटना र प्रहरी दमन प्रति मधेश मानव अधिकार गृहको गम्भिर आपत्ति छ । उक्त घटनाको तत्काल छानबिन तथा अनुसंधान गरि दोशीलाई कानुनी दायरामा ल्याई कारवाहीका लागि सम्बन्धित निकायसंग माग गर्दछौ । मृतक परिवारलाई उचित क्षतिपूर्ती उपलब्ध तथा घाईतेको शीघ्र स्वास्थ्य लाभको कामनाका साथै उपचारका लागि आवश्यक पहल गर्न सम्वन्धित पक्ष संग हाम्रो अपील छ ।
आन्दोलन क्रममा आन्दोनकारीले प्रहार गरेका ढुंगा लागेर प्रहरीहरु समेत घाईते भएको हुंदा प्रहरी र आन्दोनलकारी दुवै पक्षलाई संमयमित हुन आग्रह गर्दछौ ।

 

रवि ठाकुर

अध्यक्ष