दाङ र बाँकेमा सिमान्कृत समुदाय र जनप्रतिनिधि बिच संवाद

अल्संख्यक,सिमान्कृत र लोपन्मखु समुदायलाई राज्यको मुलप्रबाहीकरणमा दाङ र बाँकेका जनप्रतिनिधिहरुसँग संवाद भएको छ । लुम्बिनी प्रदेश सभासदस्यहरु,दाङका १० स्थानीय तहका र बाँकेका ८ स्थानीय तहका वडा अध्यक्ष र कार्यपालिकाका सदस्य, अल्पसंख्यक,सिमान्कृत र लोपउन्मुख समुदाय बिच दाङको घोराहीमा आईतबार र बाँकेको नेपालगन्जमा सोमबार संवाद कार्यक्रम भएको माहुरी होम कपिलबस्तुका कार्यक्रम संयोजक रिखीराम निगमले जानकारी दिनुभयो ।
संवादमा अल्पसंख्यक,सिमान्कृत र लोपउन्मुख समुदायका तर्फबाट कुसुण्डा,चिडीमार, केवट(घसियरन),कुमाल,बादी,धोबी लगायतका समुदायको सहभागिता थियो । ती समुदायले आ आफ्नो समुदायको अबस्था,अवसर,गुम्दै गईरहेको संस्कृति र पहिचानका बारेमा ध्यानाकर्षण गराएका थिए ।
बाँकेकी केवट( घसिरियन) समुदायकी युवा मुनी केवट ( घसिरियन)ले घासँ काटेर बिक्रि गर्ने पेशा संकटमा परेको बताउनुभयो । थोरै समुदाय भएको केवट वट ( घसिरियन)ले पुर्खादेखि घास काटी बिक्रि गर्दै आएकोमा पछिल्लो समयमा पशुचौपायको कमि, नेपालगन्जमा टाँगा घोडा र खच्च बिस्थापीत हुनु र समाजिक रुपमा यो पेशा प्रति समाजले हेर्ने दृष्टिकोणका कारण यो पेशा प्रति रुचि घटदै गएको बताउनुृभयो । जग्गा जमिन छैन,आर्थिक अबस्था पनि कम्जोरका कारणले शिक्षामा पहँुच समेत नभएको बताउनुभयो । सामुदायिक बिद्यालयले बिभिन्न बहानामा मासिक शुल्क र भर्ना शुल्क लिने गरेका कारणले शिक्षालाई निरन्तरता दिन आफु आफ्नो समुदायका बालबालिकाकाले नसकेको सुनाउनुभयो । त्यस्तै, कुसुण्डा समुदायका धनबहादुर कुसुण्डाले देशका बिभिन्न ८ जिल्लामा छरिएर रहेका बनका राजाको रुपमा लिएको कुसुण्डा समुदायको कुल जनसंख्या १७७ जना मात्र रहेकोले आफुहरु अत्यन्त लोपउन्मुख समुदाय भित्र परेकोमा चिन्ता ब्यक्त गर्नुभयो ।
त्यसक्रममा दाङमा प्रदेश सभासदस्य लोका बिश्वकर्मा र रेशा शर्मा तथा नेपालगन्जमा भएको संवादमा प्रदेश सभासदस्य बादशाह कुर्मी,रत्न खत्री,कृष्णा के.सी. नुमना,भण्डारीलाल यादव,सुशीला बादी,अम्वीका काफ्ले, मीना बोहोरा ,मीनाकुमारी श्रेष्ठले प्रदेश सरकारबाट यस समुदायका लागि गरिएको कार्यको चर्चा गर्नुभएको थियो । भने स्थानीय सरकारका तर्फबाट सहभागि भएका वडा अध्यक्ष र कार्यपालिका सदस्यहरुले प्रदेश सरकार तथा प्रदेशसभा सदस्यहरु र स्थानीय सरकार बिच समन्वयको ठुलो खाडल रहेको बताउनुभयो ।
त्यसअवसरमा दाङमा माहुरी होमकी देवी पोख्रेल आचार्य र बाँकेका दिनेश ठाकुरले जिल्लाको अबस्थाका बारेमा जानकारी गराउनुभएको थियो भने माहुरी होमका कार्यक्रमका संयोजक रिखीराम निगमले कार्यक्रम किन गरिएको भन्ने बारेमा जानकारी गराउनुभएको थियो ।
संवादको सहजिकरण दुवै जिल्लामा संवादका बरिष्ठ सहजकर्ता सुशील बस्नेतले गर्नुभएको थियो ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top