बिभिन्न अल्पसंख्यक र सीमान्कृत समुदायहरुलाई लोपोन्मुख जाति समुहको रुमपा पहिचान र सुचिबद्ध गर्न महुरी होमले दाङको घोराहीमा सुझाब संकलन गरेको छ । अल्पसंख्यक र सीमान्तकृत समुहहरुलाई राज्य संयन्त्रद्धारा संरक्षित गरिन्छ र सामाजिक,आर्थिक, सांस्कृतिक र राजनीतिक अधिकारहरुमा पहुँच हुने उदेश्य राखिएको महुरी होमले जनाएको छ । लोपोन्मुख जाति समूहहरुलाई लोपोन्मुख समूहको रुपमा दर्ता र सूचीबद्ध गरिन्छ,उनीहरुले पाउने अधिकार र श्रोतहरुको उपभोग गर्ने अपेक्षा गरिएको संस्थाका अध्यक्ष रामदयाल ठाकुरले जानकारी दिनुभयो ।
महुरी होमका अनुसार देशभर १४२ जातजाति मध्इे अन्य संख्या ११५ रहेका छन् । जस मध्ये दाङमा भने ७४ जातजाति बस्दै आएका छन् । ती मध्ये अन्य संख्यक ५१,सिमान्कृत २६, अति सिमान्तकृत १२,लोपोन्मुख ४, उन्नत १४ र सुबिधाबाट बञ्चित १७ दाङमा बसोबास गर्दै आएका छन् । अन्य बिदेशी, नखुलेको जातजाति र धार्मिक अल्पसंख्यक गरि ७७ जाति दाङ जिल्लामा देखिएका छ । साथै अन्य गरी ५५ अल्पसंख्यक जातजाति देखिएको छ ।
दाङ जिल्लाको अल्पसंखयक जाजातिको जनसंख्या राष्ट्रिय जनगणना २०७८ अनुसार ५० जाति रहेका छन् । लोपोन्मुख समुदायमा राजी १२, पत्थरकटटा १९, सुरेल १०, कुसण्डा ४४ र मुसलमान ६४६१ जनसंख्या रहेको महुरी होमले जानकारी दिएको हो ।
अति सिमान्कृत समुदायमा गडेरी ÷भेडिहार १२, तत्मा तत्वा ३४, बादी १०९०, बोटे ६३७, गाईने ७९७,धानुक २२, खत्वे १०, माझी २६४, बिन ६३, कुम्हार ३२६, चेपाङ÷ चेडियार १२ र कहार ४६ रहेका छन् ।
सिमान्कृत समुदायमा हजाम÷ठाकुर १२७,राजबंशी ४२,कुमाल १० हजार १ सय २६,घर्ती ÷भुजेल ६०९, धोवी ३८, राना थारु १२, मल्लाह ५४, सुनुवार २ हजार ४ सय ९१, दुसाथ÷पासवान÷पासी ७०, कोइरी÷कुशवाह २०, कधवनिया ५२०, कुर्मी ९५ र थारु एक लाख ८ हजार ३ ९१ जना रहेका छन् ।
सिमान्कृत समुदायमा अमात ७४, तेली २५४,लोध १०३,तामाङ ५२५,चमार÷हरिजन÷राम ९५४,राजभर १८,केबट १४,कम्मार १०, बिश्वकर्मा ४६ हजार १६५, कोडि १ सय २१,मिजार ११ हजार ८ सय ५०, परियार १९ हजार २ सय २०,राजधोब २१ जना रहेका छन् । सुबिधाबाट बञ्चित समुदायमा शेर्पा ५३, माली २९, राई ३४२, गुरुङ २६८७,सुन्डी १०, लोहार १३०, सोनार ११२९ र हलुवाई १४३ जना रहेका छन् । त्यस्तै, बरई १६, थाक्थुङ÷लिम्वु १०७, घले १३, बंगाली १७,छन्त्याल÷छन्थेल ३०८, मगर ९८ हजार ६१, पुन ३५, पंजावी÷सिख ११ र ब्यासी÷सोका २३ जना रहेका छन् ।
महुरी होमका अनुसार उन्नत समुह वा समुदायमा क्षेत्री १ लाख ७९ हजार ८ ७६ , कलवार १८०, कानु ३४,बनियाँ ११सय २९,राजपुत २९, मारवाडी २१,कायश्थ २३,ठकुरी ९हजार २ सय ३५, यादव ९ हजार ९ ८१, थकाली ५१, ब्राह्माण पहाड ६३ हजार ८ सय ७७, सन्यासी÷दशनामी १२ हजार ७ सय ५९,नेवार ५ हजार २ सय २० र ब्राह्माण तराई ४ हजार ४ सय ७३ जना दाङ जिल्लामा रहेका छन् ।
दाङको घोराहीमा आईतवार अल्पसंख्यक सिमान्कृत समुदाय पहिचान तथा सामाजिक न्याय प्राप्तीको अबस्था बिषयक जिल्ला स्थित सरोकारवालाहरु संग कार्यशाला गोष्ठि सम्पन्न भएको हो ।
महुरी होमका अध्यक्ष ामदयाल ठाकुरको अध्यक्षता एबम जिल्ला समन्वय समिति दाङका संयोजक नित्यानन्द शर्माको प्रमुख आतिथ्यतमा कार्यक्रम भएको हो । कार्यक्रममा बोल्नुहुदै संयोजक शमार्
ले पालिका तहमा रहेका अल्पसंख्य तथा सिमान्कृत समुदायलाई राज्यको मुल प्रबाहिकरणमा ल्याउनुपर्नेमा जोड दिनुभयो । सो अवसरमा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खडका,घोराही उपमहानगरपालिकाका उपप्रमुख हुमा डिसी,शान्तिनगर गाँउपालिकाका उपाध्यक्ष प्रेमकुमारी बुढाथोकी,बंगलाचुली गाँउपालिकाका उपाध्यक्ष भक्तबहादुर जिसी,दंगिशरण गाँउपालिकाका प्रशासकीय अधिकृत यादव डाँगी,मानव अधिकारकर्मी एबम पत्रकार सुशील बस्नेत लगायतले बिभिन्न सुझाब तथा प्रतिबद्धता जनाउनुभएको थियो । कार्यक्रमको सहजिकरण पत्रकार अमृता अनमोलले गर्नुभएको थियो । महुरी होमले यो कार्यक्रम कपिलबस्तुको बुद्धभूमि, दाङको राप्ती गाँउपालिका र बाँकेको बैजनाथ गाँउपालिकामा सञ्चालन गरेको छ ।
अल्पसंख्य तथा सिमान्कृत समुदायका लागि अन्तरक्रिया
